२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 13, 2026

गुर्भाकोटको सिरेनीलाई हरियाली बनाईँदै

सौर्य शक्तिमा आधारित लिफ्ट सिंचाई आयोजना


पार्वती बयक/बैशाख ८, सुर्खेत ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७, का सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्छ । वस्ती नजिकैबाट भेरी नदी सुसाईरहेको भएपनि सिंचाईको सुविधा छैन् । खेतीपातीका लागि किसानले आकाशे पानीको बाटो हेरेर कुर्नु पर्छ । जति मेहनत गरेपनि सिंचाइ अभावले वर्षभरी खानपुग्ने अन्न उत्पादन गर्न हम्मे हम्मे पर्छ । तर, अहिले भने सौर्य शक्तिमा आधारित सिंचाई प्रविधि भित्र्यार गाउँको मुहार फेर्न नागरिक तल्लिन रहेका छन् । एक करोड ६१ लाख रुपैयाँको लागतमा शौर्य शक्तिको प्रयोगबाट भेरी नदीको ८० मिटर माथि ४० घरपरिवारलाई पायक पर्ने गरी पक्की पोखरी निर्माण कार्य शुरु गरिएको छ । विपन्न दलित समुदायको बाहुल्यता रहेको सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुमा कर्णाली प्रदेश सरकार खानेपानी, सिंचाई तथा ऊर्जा कार्यालयको सहयोगमा अढाई लाख क्षमताको पानी पोखरी (वाटर रिजर्भ टंकी) बनाउन लागिएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्रै सञ्चालनमा ल्याउने गरि निर्माण कार्यलाई तीव्रता दिईएको खानेपानी, सिंचाई तथा ऊर्जा कार्यालयका ईन्जिनियर डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार हालसम्म करिब ६० प्रतिशत भौतिक प्रगति भईसकेको छ । ‘भेरी नदी–गोचेखोला–सिरेनी लिफ्ट सिंचाई आयोजनाबाट करिब ४० हेक्टर क्षेत्रफलमा सिंचाई पु¥याउने लक्ष्य राखिएको छ,’ उनले भने, ‘ग्रामीण सडक पहुँच पुगेका यस्ता क्षेत्रमा कृषकको दिगो आर्यआजनका लागि लिफ्ट सिंचाई आयोजना कोसेढुङ्गा सावित हुने विश्वास राखेका छौं ।’ उनले नजिकै पानीको स्रोत भएपनि सुख्खा रहेका सुर्खेतका वस्तीहरुका लागि लिफ्ट सिंचाई उपयुक्त रहेको जनाए ।

 

सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुलाई पानी माथिको ओभानो बस्ती भनेर चिनिन्छ । वस्ती नजिकैबाट भेरी नदी सुसाईरहेको भएपनि सिंचाईको सुविधा छैन् । खेतीपातीका लागि किसानले आकाशे पानीको बाटो हेरेर कुर्नु पर्छ । जति मेहनत गरेपनि सिंचाइ अभावले वर्षभरी खानपुग्ने अन्न उत्पादन गर्न हम्मे हम्मे पर्छ । तर, अहिले भने सौर्य शक्तिमा आधारित सिंचाई प्रविधि भित्र्यार गाउँको मुहार फेर्न नागरिक तल्लिन रहेका छन् ।

 

‘बाह्रै महिना गाउँमा सिंचाईको सुविधा पुगेपछि युवा विदेश जाने सोच त्यागेर तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सक्नेछन,’ कर्णाली प्रदेश सभा सांसद ठम्मरबहादुर विष्टले भने, ‘सिंचाई अभावले गाउँमा अन्नपात उब्जनी नहुँदा गाउँका युवालाई परिवार चलाउन कालापहाडदेखि खाडीमुलकसम्म भौतारि रहनु परेको छ ।’ उनले सिंचाई सुविधा नहुँदा उचित प्रतिफल पाउन नसकेका कृषकलाई लिफ्ट सिंचाई प्रविधि ल्याईएपछि उत्साहित भएको जनाए । ‘पूर्वी सुर्खेतको निर्वाचन क्षेत्र नम्वर १, मा यस्ता अन्य कयौं वस्तीहरु छन । कृषिलाई व्यवसायिक गराउन प्रोत्साहन गरिएको यस्तो प्रविधिले कृषि पेशालाई उत्पादनशील बनाउन टेवा पु¥याउने विश्वास लिएको छु,’ उनले भने, ‘सिरेनी, सुँगरखाल र कोप्ची मात्र होइन, यस्तो प्रविधि सिंचाइ समस्या भएका अन्य स्थानमा पनि अनुसरण गराउन मेरो प्रयास जारी छ ।’ उनले बाह्रै महिना सिंचाई सुविधाको चुनौतीको रुपमा रहेका सिरेनी, सुँगरखाल र कोप्चीलगायतका सुक्खावस्तीहरुमा सिंचाई पु¥याउन जनप्रतिनिधिले पहल गरेअनुसार प्रदेश सरकार लागि परेको बताए ।

यता गाउँमा पर्याप्त कृषियोग्य जनशक्ति भएपनि सिंचाई अभावले उत्पादन बढाउन नसक्दा घरखर्च चलाउनकै लागि विदेशिनु परिरहेको स्थानीय टेकबहादुर विकले बताए । उनले सिरेनी, सुँगरखाल र कोप्चीलगायतका दलित सुकुम्वासी वस्तीहरुमा सिंचाई पुगेपछि गाउँको मुहार फेरिने विश्वास व्यक्त गरे । गाउँमा बाह्रै महिना सिंचाई सुविधा पु¥याउन सके उब्जनी बढाएर यहीं माटोमा सुन फलाउन सकिने स्थानीय सीता विकले बताईन् । उनका अनुसार कृषिको उत्पादकत्व बढाउन सके बजारको कुनै समस्या छैन् । यसैवीच सांसद विष्टले बुधबार सिरेनी, सुँगरखाल र कोप्चीलगायतका गाउँहरुमा सञ्चालित विभिन्न आयोजनाहरुको समेत स्थलगत अनुगमन तथा मूल्यांकन गरेका थिए ।

प्रकाशित मिति : २०७८ वैशाख ८ गते बुधबार
Translate »