नेपालगजमा लकडाउन : जताततै उल्ल्घन, प्रहरी मुखदर्शक

बैशाख ९, नेपालगन्ज ।
बाँकेको नेपालगन्जमा बिहीबार विहानदेखि लकडाउन गरिएको छ । तर, विहीबार विहान पत्रकार कमल न्यौपाने लगायतको टीमले गरेको शहर अनुगमनका क्रममा नेपालगन्जका हरेक क्षेत्रमा जताततै नागरिकले लकडाउन उल्लघन गरेको देखिएको छ । सुर्खेतरोड, न्यूरोड, यहाँका मुख्यमुख्य चोक, सदरलाईन, फुल्टेक्रा, अस्पतालरोड लगायतका क्षेत्रमा गरिएको अनुगमनका क्रममा यहाँ नागरिकहरू निर्धक्कका साथ सडकमा हिडिरहेको, मुखमा मास्क नलगाएको विद्यार्थीदेखि वेकामे नागरिक समेत साईकल र मोटरसाईलक तथा कारमा कुदिरहेका थिए । बजारमा फाटफुट रिक्सा पनि चलिरहेका थिए । बाँके प्रशासनले मास्क नलगाउनेलाई जरिवानामा तोकेको छ । तर, सडकमै सुरक्षाका लागि खटिएका प्रहरीको छेउबाटै एका विहानै विना मास्क र विनाकाम जथाभावी नागरिक हुकिईदा समेत प्रहरी मुखदर्शक बनिरहेको थियो । लकडाउन गरिएको शहरमा अनुगमनका लागि शहरी अधिकारीको उपस्थिती छैन । विद्यार्थी कलेज गैरहेका छन । मुख्य सडक सुर्खेतरोड बाहेकका भित्री सडकमा पसल लगभग खुलेका छन । रामलिला मैदानमा मात्रै होइन त्रिभुवनचोक र विपी चोकमा समेत मजदुरको लस्कर देखिएको थियो । सामाजिक दुरी कायम थिएन, मास्कको त कुरै छोडौं, यहाँ कसले सचेतना जगाउँने यतिबेला प्रश्न उठेको छ । ईसेतोखरी

Translate »