कोरोनाबाट बाँकेमा थप एकको मृत्यु

बैशाख ११,नेपालगन्ज ।
बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ की ५५ वर्षीया महिलाको आज विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । यो संगै कोरोनाबाट बाँकेका ७७ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०० जनाको मृत्यु भएको छ ।

 

Translate »