सिस्नेरीका आगलागी पीडितलाई राहत वितरण

मदन भण्डारी स्पोट्र्स एकेडेमी तथा फाउण्डेशन


स्काई न्यूज /बैशाख ११, सुर्खेत ।
मदन भण्डारी स्पोट्र्स एकेडेमी तथा फाउण्डेशन सुर्खेतले आगलागी पीडितलाई राहत वितरण गरेको छ । फाउण्डेशनले विभिन्न दाताहरुबाट आर्थिक संकलन गरि शनिबार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–२, सिस्नेरी गाउँका ९ जना आगलागी पीडितलाई राहत वितरण गरेको हो । सिस्नेरीमा गत चैत २६ गते आगलागी हुँदा ९ परिवारको घरगोठसहित अन्नपात जलेर नष्ट भएको थियो । फाउण्डेशनले आगलागी पीडितलाई राहत स्वरुप चामल, दाल, तेल, नून मरमशालासँगै साबुन, ब्रस, पेप्ट तथा सरसफाईलगायतका सामाग्री सहयोग गरेको नेकपा एमाले सुर्खेतका नेता ताराकेशर गौतमले जानकारी दिए । मदन भण्डारी फाउण्डेशन सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेत, मदन भण्डारी स्पोट्र्स एकेडेमी सुर्खेतका अध्यक्ष सूरज थापा, सदस्य अमर थापा, भूमि सम्बन्धि समस्या समाधान आयोग सुर्खेतका बिज्ञ सदस्य डम्मर गरन्जामगर लगायतले बराहताल गाउँपालिका–२, वडाध्यक्ष युवराज कार्कीको रोहवरमा खाद्यन्न तथा सरसफाई सम्बन्धी सामाग्री वितरण गरिएको उनले बताए । उनका अनुसार आगलागी पीडितलाई नयाँ वस्ती विकास कार्यक्रम मार्फत पक्की घर बनाउन फाउण्डेशनले सहयोग गर्ने बचन दिएको छ ।

Translate »