बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

बैशाख १४,नेपालगन्ज।
बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजको प्रि–आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज ३ का २६ वर्षीय पुरुष, भेरी अस्पतालमा उपचाररत कोहलपुर १ की ६० वर्षीया महिला र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत तुल्सीपुर ९ दाङकी ७४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । यो संगै कोरोनाबाट बाँकेका ९२ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाका १०६ जनाको मृत्यु भएको छ ।

Translate »