पर्वतीय विश्वविद्यालय र प्रदेश प्रहरी विधेयकमाथि छलफल शुरू

सुर्खेत । कर्णाली प्रदेशसभाको मंगलवारको बैठकमा दुईवटा विधेयक प्रस्तुत भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७७ र सामाजिक विकासमन्त्री बिमला केसीले ‘पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक–२०७६ सैद्धान्तिक छलफलका लागि प्रस्तुत गरे ।

छलफलमा सदस्यहरू जीवनबहादुर शाही, ठम्मर विष्ट, मीनासिं रखाल, यज्ञबहादुर बिसी र सोशिला शाही, दल रावल, पद्मा खड्का, पदमबहादुर रोकायले भाग लिए । बैठकमा सार्वजनिक लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले राष्ट्रिय वनको संरक्षण तथा सुव्यवस्था गर्न बनेको विधेयक–२०७७ संशोधन प्रस्तावसहित प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै, बैठकमा कानूनमन्त्री भण्डारीले प्रस्तुत गरेको कर्णाली सूचना प्रविधि तथा आम सञ्चार प्रतिष्ठान स्थापनासम्बन्धी व्यवस्था गर्ने विधेयक–२०७७, ‘शान्ति तथा पुनःस्थापना केन्द्र व्यवस्था गर्न बनेको विधेयक–२०७७, कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७७ र कर्णाली प्रदेश सहकारी ऐन– २०७५ लाई संशोधन गर्न बनेको विधेयक–२०७७ लाई टेबुल गरिएको छ । रासस

Translate »