बाँकेमा १० मिनेटको फरकमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बैशाख १६,बाँके ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एक जना गरी ८ जनाको मृत्यु भएको हो ।यसैबीच कैलाली लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय एक पुरुषको आज बिहान ७स् ५० बजे र खजुरा गाउँपालिका–२ की ६७ वर्षीय महिलाको बिहान ८ः०० बजे मृत्यु भएको छ । यी दुई जना कोरोना सङ्क्रमितको मृत्यु १० मिनेटको फरकमा भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा यसअघि नै मृत्यु भएको थियो । ५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधवार राति ८ः५५ बजे मृत्यु भएको हो । यस्तैगरि बुधवार बेलुका ९ः०० बजे भेरी अस्पतालमा उपचार गराइरहेका नेपालगन्ज उपमहानगरपालिका–४ का ६० वर्षीय वृद्धको मृत्यु भएको थियो । वैशाख ६ गते पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएका ती वृद्धको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि १५ वैशाखमा अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकै दिन राती उनको मृत्यु भएको हो। त्यसै गरी कोहलपुर नगरपालिका–११ की ४३ वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएकोमा ती महिलाका भर्ना भएको केही समयपछि नै मृत्यु भएको थियो । बुधवार राती नै नेपालगन्ज उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई ११ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार भइरहेकै अवस्थामा १५ गते राती १०ः०० बजे उनको पुरुषको मृत्यु भएको हो । भेरीकै उपचाररत बढैयाताल गाउँपालिका–८ बर्दियाका ३२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको छ । वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई १५ गते बेलुका भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उनको १६ गते बिहान १ः३० बजे मृत्यु भएको हो । त्यसै गरी आज बिहान नेपालगन्ज उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १० गते कोरोना संक्रमण देखिएका ती पुरुषलाई १५गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरेर विभिन्न विधिबाट कोरोनाको उपचार चलिरहेकै बेला बिहीबार बिहान ५ः३० बजे ती पुरुषको मृत्यु भएको ओलीले जानकारी दिए। कोरोना फोकल पर्सन ओलीका अनुसार बिहीबार बिहानसम्म कोरोना सङ्क्रमणका कारण बाँके जिल्लाका १ सय ८ र जिल्ला बाहिरका १सय ९ जनाले ज्यान गुमाइसकेका छन् ।

Translate »