सुर्खेतमा निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७८ जनालाई कारबाहीमा

स्काई न्यूज /बैशाख १६, सुर्खेत ।
सुर्खेतमा निषेधाज्ञा अवज्ञा गर्ने १ हजार ७८ जनालाई कार्बाही गरिएको छ । निषेधाज्ञाको उल्लंघन गर्दै अनावश्यक हिँडडुल गर्ने १ हजार ७८ जनालाई प्रहरीले कार्बाही गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी रामप्रसाद घर्तीले बुधबारदेखि लागू निषेधाज्ञाको उल्लंघन गर्ने १ हजार ७८ जनालाई होल्ड गरी सम्झाई बुझाई छोडिएको जानकारी दिनु भयो । उहाँले निषेधाज्ञा उल्लंघन गर्ने १९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको बताउनु भयो । उहाका अनुसार मास्क नलगाई हिड्ने ६ सय ४५ जनालाई मास्क बितरण गरी सम्झाई बुझाई गरी पठाइएको थियो । नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलको टोली निषेधाज्ञाको कार्यान्वयनका लागि जुटेका छन् ।


Translate »