सुर्खेतमा एकैदिन कोरोना संक्रमणबाट तीन पुरुषको मृत्यु


स्काई न्यूज /बैशाख १६, सुर्खेत ।
सुर्खेतमा एकैदिन कोरोना संक्रमणबाट तीन जना पुरुषको मृत्यु भएको छ । विहीबार साँझ पञ्चपुरी नगरपालिका–५, का ६० वर्षीय पुरुष र लेकबेसी नगरपालिका–१, का ५४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए । उनका अनुसार पञ्चपुरीका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ भने लेखबेसीका पुरुषको अस्पताल ल्याउँदैगर्दा बाटोमै मृत्यु भएको हो । यसअघि विहीबार विहान कालीकोटको नरहरिनाथ गाउँपालिका–९, का ७३ वर्षीय पुरुषको उपचारकै क्रममाा मृत्यु भएको थियो । कोरोना संक्रमणबाट कर्णालीमा हालसम्म ४१ जनाले ज्यान गुमाई सकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै कर्णाली प्रदेशभर ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Translate »