जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

 

 

बैशाख १७,जाजरकोट ।
जाजरकोटको शिवालय गाउँपालिका–१ स्यापीमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छेडागाड नगरपालिका–१२ सिरुगाढका २१ वर्षीय गणेशबहादुर बुढा रहेको छेडागाढ–१२ का वडा अध्यक्ष प्रेमबहादुर खत्रीले जानकारी दिए। गणेशबहादुर बुढालगायत उनका साथीहरू शिवालय–१ को वडा कार्यालयको काठ चिरान गर्न स्यापी गएका थिए ।

Translate »