विप्लव नेकपामा विभाजन, धमलाको नेतृत्वमा जन-समाजवादी मञ्च गठन

 

बैशाख १८, काठमाडौं । अन्तर्राष्ट्रिय मजदूर दिवसकै दिन पारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विद्रोह भएको छ । सरकारसँग वार्तामार्फत शान्ति प्रक्रियामा आएको एक महिना नबित्दै त्यस पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला (कमरेड गम्भिर) को नेतृत्वमा नयाँ समूह गठन भएको हो । सो समूहले शनिवार विज्ञप्ति जारी गरी गम्भिरको नेतृत्वमा हिमाल,पहाड,तराइ मधेश सबैका प्रतिनिधित्व सहित ५१ सदस्यीय जन समाजवादी मञ्च नेपालको स्थापना गरिएको जनाएको छ । कोरोना लहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको भन्दै धमलाले कोरोना कहरबाट छुटकारा पाउने लडाइमा होमिन आग्रह गरेका छन् । विज्ञप्तिमा आन्दोलनले नेतृत्वलाई उचाइमा पुर्याउने तर नेतृत्वले नै जनता र क्रान्तिलाई धोखा दिएको भन्दै विप्लवको नाम नलिई अशन्तुष्टि व्यक्त गरिएको छ । (नेपाल प्रेस)

Translate »