लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त


बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्नुभएको हो । पोखरेलले आज विहानमात्रै एमालेको एकल नेतृत्वमा सरकार गठन गर्ने भन्दै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । राजीनामा दिएसँगै बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता पोखरेललाई नै मुख्यमन्त्री बनाउने
निर्णय गरेको थियो ।
