उत्तर प्रदेशका मुख्यमन्त्रीलाई ५ दिनभित्र मार्ने धम्की, स्थानिय प्रहरी सतर्क

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएको छ। यूपी प्रहरीको आपतकालिन नम्बरमा ह्वाट्सएपमार्फत म्यासेज गरेर एक व्यक्तिले मुख्यमन्त्री आदित्यनाथलाई मार्ने धम्की दिएका हुन्।

‘पाँचौ दिन मुख्यमन्त्री योगीलाई मार्नेछु,’ धम्कीपुर्ण म्यासेजमा चेतावनी दिदै लेखिएको छ – ‘अबको चार दिन भित्र मलाई जे गर्न सक्छौ गर।’ धम्कीको बिषयमा स्थानिय प्रहरीले उजुरी दर्ता गरेर कारवाही शुरु गरेको छ। स्थानिय प्रहरीलाई सतर्क राख्दै आरोपीको खोजी भइरहेको छ।

मुख्यमन्त्री योगीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन। यसअघि पनि उनलाई बम प्रहार गरेर मार्ने धम्की आएको थियो। प्रहरीले धम्की आएको नम्बर ट्र्याक गरेर धम्की दिने व्यक्तिलाई पक्राउ गर्ने प्रयास गरीरहेको छ।(नेपाली पब्लिक)

Translate »