सुर्खेतमा बैशाख ३१ सम्म निषेधाज्ञा थपियो

स्काई न्यूज /बैशाख २२, सुर्खेत ।
सुर्खेतमा कोरोना भाइरस फैलिने अवस्था भयावह देखिएसँगै गत बैशाख १४ गतेदेखि जारी निषेधाज्ञा अवधि थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैशाख ३१ गतेसम्म लम्ब्याउने निर्णयलाई जिल्ला सुरक्षा समितिले पास गरेपछि निषेधाज्ञा अवधि बढाएको हो । कोरोना संक्रमण दर तीव्र बनेपछि बैशाख मसान्तसम्म निषेधाज्ञा थप गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल बताए । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कडाई गरिने भएकाले निषेधाज्ञाको पालना गरी महामारी विरुद्ध ऐक्यबद्धता जनाउन आग्रह गरे । उनका अनुसार हाल लगाइएको निषेधाज्ञाको सर्वसाधारणले पूर्ण रुपमा पालना नगरेको निष्कर्ष निकाल्दै थप कडाइका हो । यसअघि बैशाख १४ गतेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

Translate »