हावाहुरीसहित भारी वर्षाको सम्भावना

बैशाख २२,काठमाडौं ।
आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशका केही स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नम्बर २ का एकरदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । मौसमविद् बासीले काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुनसक्ने बताए।

Translate »