बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

बैशाख २२,बाँके ।
कोरोना संक्रमणका कारण बाँकेम थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमणका कारण नेपालगञ्ज उपमहानगरपालिका ४ निवासी ६० वर्षिया पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा राति ११ बजेर ४५ मिनेट मा मृत्यु भएको हो । यस्तै डुडुवा गाउँपालिका ५ निवासी २७ बर्षिया युवकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रमम बुधबार बिहान ४ बजेर ४० मिनेटमा मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । बाँकेको डुडुवा गाउँपालिकामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो । यो संगै कोरोनाका कारण बाँकेमा मृत्यु हुनेको संख्या १४५ पुगेको छ । (युथ टुडे न्युज )

Translate »