बाँकेमा थप १० जनाको कोरोना संक्रमितको मृत्यु

बैशाख २३,नेपालगन्ज ।
बाँकेमा थप १० जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज —१२ का ४५ वर्षीय पुरुष, नेपालगन्ज —१० की ७८ वर्षीया महिला, नेपालगन्ज —१ का ५८ वर्षीय पुरुष, नेपालगन्ज —१० का २७ वर्षीय पुरुष, भेरी नगरपालिका—४ जाजरकोटकी ४३ वर्षीया महिला, नेपालगन्ज — ४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज —१० का ७८ वर्षीय पुरुष, नेपालगन्ज —१९ का ७७ वर्षीय पुरुष र नरैनापुर —१ बाँकेका ५६ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर — ५ बाँकेका ३२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड —१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । योसँगै कोरोनाबाट बाँकेका १ सय ५७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १ सय २७ जनाको मृत्यु भएको छ ।

Translate »