लागु औषधसहित सुर्खेतमा २ र बाँकेमा ४ जना पक्राउ


स्काई न्यूज/ बैशाख २३, बाँके । नेपाल भारत सीमा नाकाबाट बाँके प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका १५ बाट भारत बहराइच निवासी १८ वर्षीय सनि निसार र सोही स्थानका १८ वर्षकै नौसाद तेली पक्राउ परेका हुन् । उनीहरूको साथबाट ११ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह इन्चार्ज बिष्णु गिरीले बताए । यस्तै भारतबाट नेपालतर्फ आउँदै गरेका तुलसीपुर नगरपालिका–८ दाङका ३५ वर्षीय दिपक वली र ३४ वर्षीय पदम शाही पक्राउ परेका छन् । उनीहरुकोे साथबाट ७ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई लागु औषध ब्युरोले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैवीच सुर्खेतमा लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार उनीहरूको साथबाट चार ग्राम बराबरको ४१ पुरिया लागूऔषध बरामद भएको छ । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगरको नयाँ बसपार्कबाट उनीहरुलाई नियन्त्रणमा लिएको डीएसपी घर्तीले बताए । उनीहरु दुवै जनालाई बुधबार साँझ पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Translate »