कर्णालीमा बजेट अधिवेशन आव्हान तयारी


स्काई न्यूज/बैशाख २४, सुर्खेत ।
कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आव्हान तयारी गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना संक्रमण जोखिम देखाउँदै गरेको अवरोधका कारण प्रदेशसभाको बैठक हालसम्म बस्न नसकेपछि अब हिउँदे अधिवेशनलाई अन्त्य गरी बजेट अधिवेशनको तयारी गरिएको हो । प्रदेश सभामुख राजबहादुर शाहीले बैशाखको अन्तिमसम्म सदन अन्त्य भई जेठ पहिलो सातामा बजेट अधिवेशन आव्हान हुन सक्ने बताउनु भयो । उहाँका अनुसार प्रदेश सभाको हिउँदे अधिवेशनमा कुनै विधेयक नै पारित नगरेर अन्त्य हुने सम्भावना बढेको छ । बैशाख ३ गते बाट शुरु भएको हिउँदे अधिवेशन हालसम्म ३ पटक मात्र बैठक बस्न सकेको छ ।

Translate »