२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 30, 2026

वीरेन्द्रनगरमा अक्सिजन सहित २५ शैयाको कोभिड अस्पतालको शुभारम्भ




स्काई न्यूज/ बैशाख २४, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शैयाको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । शुक्रबार वीरेन्द्रनगरमा स्थित कटकुवा स्वास्थ्य चौकीमा कोभिड अस्पतालको नगर प्रमुख देवकुमार सुवेदी शुभारम्भ गरेका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिएसँगै संक्रमितलाई उपचारमा सहजहोस् भन्ने उद्देश्यले कोभिड अस्पताल सञ्चालनमा ल्याईएको नगरप्रमुख सुवेदीले बताए । उनले तत्कालका लागि १० बेड अक्सिजन सहित २५ शैया कोभिड अस्पतालको लाभ लिन सर्बसाधारणलाई आग्रह गरे । नगर उप–प्रमुख महोनमाया ढकालले आवश्यक परेमा २५ शैयाको कोभिड अस्पताललाई ५० शैयासम्म बनाउने योजना रहेको जानकारी दिईन् । उनले कुनै पनि बिरामी उपचार अभावका कारण मृत्यु हुन नदिने बताईन् । ‘नगर क्षेत्रका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री आपूर्ति गर्नको लागि नगरपालिका तयार रहेकाले कुनै पनि समस्या परेमा तत्काल स्वास्थ्य संस्थामा खबर गर्नुहोस्,’ उनले भनिन्, ‘प्रदेश अस्पतालमा बिरामीको चाप बढिरहेकाले नगर क्षेत्रका बिरामीलाई नगरक्षेत्रमै उपचारमा सहजताका लागि सकेसम्म आवश्यक पर्ने सबै स्रोत साधनको व्यवस्था मिलाईएको छ ।’ उनले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा नगरका सबै स्वास्थ्यकर्मीलाई परिचालन गरिएको समेत जानकारी दिइन् ।

प्रकाशित मिति : २०७८ वैशाख २४ गते शुक्रबार
Translate »