बैशाख २५,काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशको मौसममा सामान्य सुधार आउने बताएको छ । हाल देशको पहाडी भू–भागका केही स्थान तथा प्रदेश १ को तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सफा रहेको महाशाखाले जनाएको छ । बिहान मौसमसम्बन्धी बुलेटिन प्रकाशित गर्दै महाशाखाले आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । यस्तै अपराह्नतिर देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। यस्तै आज राति पनि देशका अधिकांश पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।