देशभर कोरोनाबाट १ सय ३९ जनाको मृत्यु

 

बैशाख २७, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसबाट १ सय ३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९ हजार २ सय ७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना पीसीआर परीक्षण र ७८८ जनाको एन्टिजेन परीक्षणमा ९ हजार २ सय ७१ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। सोमबारसम्म देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ६ हजार ७१५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४२६ जना होम इसोलेसनमा छन् । हाल आईसीयूमा ९१० जना र २९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

Translate »