सुर्खेतमा निषेधाज्ञा अवज्ञा गर्ने पाँच व्यापारी पक्राउ

स्काई न्यूज /बैशाख २७, सुर्खेत ।
सुर्खेतमा निषेधाज्ञाको अवज्ञा गर्ने ५ व्यापारी पक्राउ गरेका छन् । सुर्खेत प्रहरीले  सोमबार कोभिड–१९, जोखिम रोकथाम, नियन्त्रणका लागि स्थानीय प्रसाशनले लागु गरेको निषेधाज्ञाको अवज्ञा गर्दै सपल सञ्चालन गर्ने वीरेन्द्रनगर–६, का लक्ष्मी थापा, रुपकला खड्का, रुपा सारु, जगत बिसी र जनक भट्टराईलाई पक्राउ गरेको हो । प्रहरीले तोकिएको समय भन्दा बढी पसल सञ्चालन नगर्न चेतवनी दिँदा समेत निषेधाज्ञा उल्लंघन गरी व्यापार, व्यवसाय गरेपछि पक्राउ गरिएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले नियन्त्रणमा लिईएका व्यापारीलाई संक्रमण रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम कार्बाहीका लागि अघि बढाईएको बताए । भेरीयन्ट सहितको कोरोना संक्रमण दर सुर्खेतमा तीव्र बनिरहेका बेला स्थानीय प्रशासनले रोग फैलिन नदिन बैशाख १४ गते राती १२ः०० बजे देखि बैशाख ३१ गते राती १२ः०० बजे सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

Translate »