सुर्खेतमा यात्रुबाट बढी भाडा असुल्ने चालक र सह–चालक पक्राउ


स्काई न्यूज /बैशाख २७, सुर्खेत ।
सुर्खेत प्रहरीले यात्रुसँग बढी भाडा असुल्ने चालक र सह–चालकलाई पक्राउ गरेको छ । निषेधाज्ञाको गलत फाईदा उठाउँदै यात्रुसँग बढी भाडा असुल्ने बा४ख–८३२ नम्वरको मिनिबसका चालक बर्दिया बासगढी नगरपालिका–२, निवासी भिमसेन नेपाली र सह–चालक दैलेख गुरास गाउँपालिका–१, निवासी धनसिंह विकलाई पक्राउ गरेको हो । यात्रुको गुनासोपछि यात्रु बनेर सादापोशाकका प्रहरीले वीरेन्द्रनगरबाट नेपालगञ्ज जान लागेको उक्त मिनिबसमा तोकिएको भाडा भन्दा बढी रुपैयाँ असुल्न लागेपछि सोमबार छिन्चुमा चालक र सह–चालकलाई रंगेहात पक्राउ गरेको हो । नेपालगञ्ज शुभकामना प्रालिद्वारा सञ्चालित उक्त मिनिबसलाई छिन्चुमा नियन्त्रणमा लिएर चालक र सह–चालकलाई कार्वाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं (डीएसपी) रामप्रसाद घर्ति मगरले जानकारी दिए ।

Translate »