कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु

निको हुने दर ७५.५ %

वैशाख २८, काठमाडौं । देशभरि मंगलवार कोभिड–१९ का ९ हजार ४८३ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पीसीआर र ७२० ओटा एन्टिजेन परीक्षणमा ९ हजार ४८३ जनालाई  संक्रमण पुष्टि भएको हो ।  मंगलवार देखिएकासँगै नेपालमा ४ लाख १३ हजार १११ जना संक्रमित रहेका छन् ।

यस्तै संक्रमित निको भई ५ हजार २२५ जना घर फर्किएका छन् । अहिलेसम्म ३ लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । नेपालमा निको हुने दर ७५ दशमलव ५ प्रतिशत छ ।
२२५ जनाको निधन     
मंगलवार संक्रमणबाट २२५ जनाको मृत्यु भएको छ । मृत्यु भएका संक्रमित संख्या सबभन्दा बढी हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा मंगलवार निधन हुनेको संख्या त्यति पुगेको हो ।

मंगलवार निधन हुनेसँगै नेपालमा अहिलेसम्म ४ हजार ८४ जना कोरोनाबाट मृत्यु भइसकेको छ ।

यस्तै ५०० जनाभन्दा बढी संक्रमण भएका जिल्ला ३० ओटा पुगेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् ।

आईसीयूमा १ हजार ८४ र भेन्टिलेरमा २९० जना    

संक्रमितमध्ये १ हजार ८४ जना सघन उपचार कक्ष(आईसीयू) र २९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा १२७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ५२९, गण्डकीमा ८२, लुम्बिनीमा १६०, कर्णालीमा १०२ र सुदूररपश्चिममा २४ जना आईसीयूमा रहेका छन् ।

यस्तै प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा १८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूररपश्चिममा आठ जना भेन्टिलेटरमा छन् ।  (रासस)

Translate »