छिन्चु जाजरकोट सडक अवरुद्ध

दीपक शर्मा / सल्यान ।
अविरल वर्षा पछि आएको पहिरोले छिन्चु जाजरकोट सडक अवरुद्ध भएको छ । छिन्चु जाजरकोट सडक खण्डको गुर्भाकोट नगरपालिका ३ धारापानी नजिकै मंगलबार साँझ झन्डै ७ बजेबाट सडक माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो । गएरातीबाट सडक अवरुद्ध हुँदा अस्पताल लादै गरेका बिरामीहरू अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा ६० देखि ८० वटासम्म एम्बुलेन्स,अन्य खाद्यान्न बोकेका गाडी अलपत्र परेको स्थानीय दल बहादुर विकले जानकारी दिए । पहिरोले अवरुद्ध बनेको सडक अहिले डोजर लगाएर खुलाउने प्रयास भइरहेको छ । सुर्खेत गुर्भाकोट नगरपालिकाले पठाएको डोजरको मद्दतबाट सडक खुलाउने प्रयास भइरहेको विकले बताए ।

Translate »