गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुन: नियुक्त

बैशाख २९,पोखरा।
पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनस् नियुक्त भएका छन् । प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समयभित्र विपक्षी गठबन्धले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई संविधानको धारा १६८ ९३० अनुसार नियुक्त गरेकी हुन् । गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्री गुरुङ हाल कोरोना संक्रमित रहेकाले आवश्यक स्वाथ्य मापदण्ढ पूरा गरेर पद तथा गोपनीयताको सपथ गराइएको छ । (नेपाल प्रेस)

 

Translate »