अछाममा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

टेकराज भण्डारी/ अछाम । अछाममा थप एक  जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

जिल्लाको चौरपाटी गाउँपालिका –४ का ६५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

उनलाई बुधवार एन्टिजेन्ट विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाको लक्षणसँग मिल्ने लक्षण भएकोले परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको हिजो राती मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।

योसँगै अछाममा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ। दोस्रो लहरमा मात्रै ९ जनाको मृत्यु भइसकेको छ।

Translate »