२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

सल्यानमा थप १५ दिन निषेधाज्ञा



सल्यान । कोभिड–१९ को संक्रमण उच्च गतिमा फैलिएको भन्दै सल्यानमा १५ दिन निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापन गर्न भन्दै जेठ २ गते राती १२ बजेदेखि जेठ १६ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो ।बिहीबार जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ १ गतेसम्म जारी निषेधाज्ञालाई १५ दिन थप गरेर जेठ १६ गतेसम्म लागु गर्ने निर्णय गरेको हो । जिल्लामा संक्रमण दर उच्चतम विन्दुतर्फ बढ्दै गइरहेकाले निषेधाज्ञा थप गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताए। जिल्लामा कोभिड–१९ को उच्च जोखिमलाई न्यूनीकरण गर्न तथा उपचारको प्रबन्ध मिलाउन निषेधाज्ञा थप्नु परेको उनको भनाई छ । निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ । अत्यावश्यक लगायतका खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य, औषधी र स्वास्थ्य सामाग्रीका पसलहरू स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी होमागाईले जानकारी दिए । जिल्लामा सङ्क्रमणको दर उच्च विन्दुमा पुगे पनि हालसम्म आइसियु र भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन । जिल्लामा कोरोना सङ्क्रमणबाट बिहीबारसम्म ५ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् भने १८ जनाको मृत्यु भइसकेको छ । (रेडियो नेपाल)

प्रकाशित मिति : २०७८ वैशाख ३० गते बिहीबार
Translate »