आइसोलेसन सेन्टर निर्माण गर्दै स्थानीय तह

जुम्ला । कोरोना भाइरसको दोस्रो लहर रोकथाम तथा संक्रमणबाट बच्न जुम्लाका सात स्थानीय तह आइसोलेसन सेन्टर निर्माणमा जुटेका छन् । जिल्लाको तिला गाउँपालिकाले पाँच शय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर निर्माण गरेको छ । सो गाउँपालिकाको–३ मा रहेको कोभिड अस्थायी अस्पतालमा आइसोलेसन सेन्टर निर्माण गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गशेष शाहीले बताए ।

गाउँपालिकाको तीन स्थानमा हेल्थ डेस्क स्थापना गरेको उनको भनाइ छ । सेन्टरमा थप आवश्यक पर्ने सामग्री तत्काल उपलब्ध गराउन नेपालगञ्जबाट औषधिको माग गरिएको छ । आवश्यक सामग्री तत्काल व्यवस्थापनका लागि निर्देशन दिइएको छ । । कोरोना भाइरस बढ्दै गएमा र शय्याको अभाव भएमा सेन्टरमा थप शøयाको व्यवस्था समेत गर्न गाउँपालिका लागिपरेको स्वास्थ्य शाखाका प्रमुख शाहीले बताए ।

स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सकको अभाव भएपछि अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ । संघीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड अस्पताल निर्माण गर्न सबै स्थानीय तहमा बजेटसहित निर्देशन गरेको छ । तत्काल तीन महीनाका लागि बजेट व्यवस्थापनसहित यहाँका स्थानीय तहमा संघीय सरकारले १० लाखका दरले बजेट पनि पठाएको छ । (रासस)

facebook sharing button
twitter sharing button
sharethis sharing button
Translate »