अछाममा एकैदिन २ जना कोरोना संक्रमितकोे मृत्यु

नरेन्द्र रावल / अछाम ।
अछाम जिल्लमा कोरोना भाईरसको संक्रमणबाट थप एक जना पुरुषकोे मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिकाका वडा नम्बर ३ बिसाकोटका ५६ वर्षिय पुरुषकोे कोरोना सङ्क्रमणबाट जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यहि बैसाख २३ गते कोरोना भाईरसको संक्रमण पुष्टी भएपछि उनको अस्पतालको आइसोलेसनमा उपचार भईरहेका उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोसीले जनकारि दिनुभयो । श्वासप्रश्वासमा समस्या भएपछि उनको मृत्यु भएको उनले बताए । यस्तै साँफेबगर नगरपालिका वडा नम्बर ४ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको छ । यो सँगै अछाम जिल्लामा नयाँ भेरीएन्टको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

 

Translate »