दैलेखमा छोराले गरे बुवाको हत्या

सुर्खेत । दैलेखमा एकजनाले बन्चरो प्रहार गरी बुवाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका-६ का २१ वर्षीय विकाश बुढाले ४७ वर्षीय बुवा नकूलको हत्या गरेका हुन् ।

विकासले टाउको पहाडिको र ढाडमा बन्चरो प्रहार गरेर बुलालाई घाइते बनाएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बन्चरोको चोटमा घाइते भएका नकूलको उपचारका लागि स्थानीय मेडिकलमा पुर्‍याइएको थियो । स्थानीय मेडिकलमै उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Translate »