साना -साना निक्षेप जम्मा गर्न भरसक बैंक नआउनुहोस् : डेभलपमेन्ट बैंकर्स एसोसिएशन

वैशाख ३१, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपालले परिस्थिति केही सहज नभएसम्म साना साना निक्षेप जम्मा गर्न भरसक बैंकमा नआउन ग्राहकहरुलाई अनुरोध गरेको छ ।

एसोसिएशनले शुक्रवार एक विज्ञिप्ति जारी गर्दै आफू सुरक्षित हुँदै र ग्राहकहरुलाई पनि सुरक्षित गराउँदै बैंकिङ सेवा प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको हो ।

त्यस्तै, डिजिटल कारोबारलाई प्रोत्साहन गर्न पनि एसोसिएशनले आग्रह गरेको छ भने सम्भव भएसम्म कर्मचारीलाई घरबाटै काम लगाउन भनिएको छ ।

साथै, सूचना प्रविधि, ग्राहक विभाग र नगद विभागका कर्मचारीलाई पनि अत्यावश्यकताका आधारमा मात्रै कार्यालयमा बोलाउने, ग्राहकहरुले सम्पर्क व्यक्तिहरुमार्फत गरेका अनुरोध र सुझाबलाई व्यवहारिक तरिकाले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रहेर हल गर्न समेत एसोसिएशनले भनेको छ ।

कोरोना संक्रमणको दरसँगै मृत्युदर उच्च पनि उच्च भएकाले संघले उक्त निर्णय गरेको हो ।यसअघि बिहीवार बैंकर्स संघले पनि केही समयका लागि ५० हजारभन्दा कम रकमको निक्षेप नलिने निर्णय गरेको थियो ।

डेभलपमेन्ट बैंकर्स संघले पनि साना निक्षेप जम्मा गर्न नआउन ग्राहकलाई अनुरोध गरेको हो ।(आर्थिक अथियान)

Translate »