नेपालगन्जमा मास्क बैङ्क स्थापना


बाँके । कोभिड प्रतिकार्यमा खटिएका व्यक्ति तथा नागरिकहरूका लागि नेपालगन्जमा मास्क बैङ्क सञ्चालनमा ल्याइएको छ । कोभिड प्रतिकार्यमा खटिरहेका महानुभाव र गाउँ–बस्तीमा रहेका नागरिकहरूलाई निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैङ्कको सोमबार नेपालगञ्जका मेयर डा।धवल शमशेर राणा र उपमेयर उमा थापा मगरले उद्घाटन गरे । नेपालगन्ज वडा नम्बर १० भृकुटिनगरमा सञ्चालन भएको मास्क बैङ्कको उद्घाटनमा बोल्दै मेयर डा। राणाले कोरोना संक्रमणबाट बचाउने सबैभन्दा भरपर्दो मास्क हुने भन्दै बैङ्कले मास्कको अभाव पुरा गर्ने विश्वास व्यक्त गरे । बासका कार्यकारी निर्देशक नमस्कार शाहले मास्क बैङ्कको उद्देश्यबारे प्रस्ट पारे । उनले मास्क बैङ्क स्थापना गर्ने विषयमा सार्वजनिक गरे पश्चात् विभिन्न स्थानबाट सहयोग प्राप्त भइरहेको बताए । बासका अध्यक्ष रमेश सिटौलाका अनुसार मास्क बैङ्क नेपलिज अमेरिकन च्याम्बर आफ कमर्सको सहकार्यमा स्थापना गरिएको हो । (रेडियो नेपाल)