बाँकेमा कोरोनाबाट थप ९ जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत गुर्भाकोट १३ सुर्खेतका ६८ वर्षीय पुरुष, नेपालगन्ज १० की ६२ वर्षीया महिला, तुलसीपुर १३ दाङका ५० वर्षीय पुरुष, खजुरा २ बाँकेका ८५ वर्षीय पुरुष, नेपालगन्ज २ का ५१ वर्षीय पुरुष र नेपालगन्ज १९ का ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत शिवराज ५ कपिलवस्तुका ३८ वर्षीय पुरुष, मधुवन ७ बर्दियाका ६५ वर्षीय पुरुष र पुथा उत्तरगंगा १० रुकुम पूर्वका ६० वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट बाँकेका २४४ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १९९ जनाको मृत्यु भएको छ । (रेडियो नेपाल)

Translate »