२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

शीतल निवासबाट बाहिरिए प्रधानमन्त्री ओली



काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवासबाट बाहिरिएका छन् । शुक्रबार दिउँसो ३ बजेर ३२ मिनेट जाँदा शीतल निवास पुगेका ओली करिब ४० मिनेट बसेर बाहिरिएका हुन् ।विपक्षी दलले सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय जाँदै गर्दा प्रधानमन्त्री ओली पनि त्यहाँ पुगेका थिए । विपक्षी दल कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र एमालेको माधवकुमार नेपालसमूहका १४९ सांसदको हस्ताक्षरसहित नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि साँझ ५ बजेसम्मको समय दिएकी थिइन् ।(कान्तिपुर)

प्रकाशित मिति : २०७८ जेठ ७ गते शुक्रबार
Translate »