राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दावी

 

जेष्ठ ७,काठमाडौँ ।
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा आफ्नो पनि दाबी गरेका छन्। एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित दाबी पेश गरेका छन्। संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दाबी गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षारसहित शितल निवास पुगेकै समयमा ओलीको यस्तो दावी आएको हो।

Translate »