सङ्क्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु

दीपक शर्मा/ सल्यान । कोरोना भाइरसको सङ्क्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका,बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका रहेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार छत्रेश्वरी गाउँपालिका–६का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका–९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका–६ का ५८ वर्षीय पुरुष रहेका छन् । तीनै जनाको आइतबार बिहान सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए। आइतबार तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट सल्यानमा मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।
Translate »