२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

निषेधाज्ञामै जुम्ली किसान ‘जौ’ भित्राउन व्यस्त



सागर परियार/ जुम्ला । दोस्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच जुम्लाका किसान हिउँदे बाली जौ भित्राउन व्यस्त छन् । जुम्लामा जौ भित्राए लगत्तै कालिमार्सी धान रोपाई सुरु हुने भएकाले पनि किसान धमाधम जौ काट्न व्यस्त भएका हुन् । जुम्लाका आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका, गुठिचौर कनकासुन्दरीमा केही मार्सी फाँटमा आंशिक रोपाई सुरु भए पनि ९० प्रतिशत किसान जौ काट्न व्यस्त छन् । तर ९० प्रतिशत रोपाई भने जेठ महिनाको दोस्रो हप्ताबाट सुरु हुन्छ ।

जुम्लाका आठै स्थानीय तहमा जौ खेती हुने गरेको छ । सुगरका रोगीहरूका लागि जौ निकै उपयुक्त हुन भएता पनि अन्य बाली जौको महत्त्व छैन । तर पनि जौको खेती भने अहिलेसम्म नघटेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।

जुम्लामै पहिलो मार्सी धान पहिलो खेती भएको तातोपानीको लाछु जिउलोमा जौ काट्न बाँकी रहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनका अनुसार तातोपानी क्षेत्रको अधिकांश जौ काट्न बाँकी छ । तर सिमलो क्षेत्रतिरका खेतमा जौ काँटी रोपाई समेत भइरहेको छ ।

जुम्लाका १९ हजार घरधुरीका सबै किसान जौ खेती गर्छन् । तर, महत्त्व भने त्यति दिने गरेको देखिँदैन । कृषि विकास कार्यालयले जौ बालीको महत्त्व र आवश्यकताबारे गाउँ गाउँमा सचेतना फैलाउन आवश्यक देखिन्छ ।

 

प्रकाशित मिति : २०७८ जेठ ९ गते आइतबार
Translate »