‘एसईई टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय’

 

काठमाडौं– माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ । एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र असारदेखि प्रारम्भ गर्ने निर्णय सरकारले गरे पनि कोरोना महामारीका कारण अवस्था फेरिन सक्ने बताए । सङ्क्रमण कसरी जान्छ भन्ने आधारमा नै धेरै कुराको टुङ्गो लाग्ने उनको भनाइ छ ।

यसअघि सरकारले जेठ १३ देखि एसईई सञ्चालन गर्ने निर्णय गरेको थियो तर कोभिड सङ्क्रमण बढेपछि अर्को सूचना नभएसम्म परीक्षा रोकिएको छ । कक्षा १२ को परीक्षा पनि हाल रोकिएको छ । (नेपाल टेलिभिजन)

Translate »