कोरोना भाइरसको सङ्क्रमणका कारण बाँकेमा थप १० जनाको मृत्यु

नवीन गिरी/नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ५ जना, दाङका ३ जना र बर्दियाका २ जना छन् ।
जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत तुलसीपुर-८ दाङका ५६ वर्षीय पुरुष, कोहलपुरका ४७ वर्षीय पुरुष, नेपालगन्ज -१८ की ८५ वर्षीया महिला, तुलसीपुर-१२ दाङकी ४० वर्षीया महिला,  बढैयाताल- ६ बर्दियाकी ६० वर्षीया महिला, कोहलपुर- १० बाँकेका ७१ वर्षीय पुरुष खजुरा -४ बाँकेकी ३२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ- ४ बाँकेकी ३८ वर्षीया महिला, बाँसगढी- ३ बर्दियाका ६५ वर्षीय पुरुष र घोराही -१८ दाङका ५१ वर्षीय पुरुषको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट बाँकेका २  सय ७९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका २ सय ५१ जनाको मृत्यु भएको छ ।
Translate »