२०८३ असोज ५ , सोमबार
Sky News Nepal
September 21, 2026

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु , एक घाइते



बर्दिया : हात्तीको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गएको छ।

बर्दियाको गेरुवा गाउँपालिका-१ की ३७ वर्षीया चन्द्रा विकको ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले सोमबार राति आँगनमा सुतिरहेकी उनलाई आक्रमण गरेर घटनास्थलमै ज्यान लिएको हो। यस्तै, हात्तीकै आक्रमणबाट उनकी छोरी घाइते भएकी छिन्।

गर्मीका कारण घरबाहिर आँगनमा सुतिरहेकी चन्द्रा र उनकी तीन वर्षीया छोरी दीपिकालाई बेलुकी ९ बजेतिर हात्तीले आक्रमण गरेको थियो। चन्द्राको घटनास्थलमा मृत्यु भएको छ। दीपिका गम्भीर घाइते भएकाले उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएको निकुञ्जले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयले घटनाको विषयमा निकुञ्जलाई खबर गरेपछि अहिले बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ सहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ। (थाहा खबर)

प्रकाशित मिति : २०७८ जेठ ११ गते मंगलबार
Translate »