जुम्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु

सागर परियार / जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचारार्थ कालिकोट तिलागुफा नगरपालिका – ११ का ८० वर्षीय एक वृद्धको मृत्यु भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्ता रमेश भट्टराईका अनुसार अस्पतालमा उपचारार्थ वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । उनले भने,“उनलाई भेण्टिलेटरमा राखिएको थियो । तर धेरै प्रयास गर्दा पनि बचाउन सकिएन ।”

यसअघि सुर्खेत चौकुने गाउँपालिका – १० का ३८ वर्षीय कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
यस्तै जुम्ला अस्पतालमा कालिकोट तिलागुफा नगरपालिका– ३ का ६७ वर्षीय एक वृद्धको कोभिड–१९ बाट मृत्यु भएको थियो ।
जुम्ला अस्पतालमा दुई जना कालिकोटका र एक जना सुर्खेतका गरी तीन जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

Translate »