पाँच सदस्यीय संवैधानिक इजलाश गठन, को को परे सदस्यमा ?

काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । राणा नेतृत्वको इजलाशमा न्यायाधीशहरु दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ तोकिएका छन् ।

संसद पुनःस्थापना र संसद सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीबनाउन माग गर्दै दर्ता गरिएको दुई दर्जन बढि रिटहरूमाथि सुनुवाई गर्न राणाले शुक्रबार पाँच सदस्यीय संवैधानिक इजलाश गठन गरेका हुन् ।

संविधानको धारा १३७ को उपधारा ३ मा ‘कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा’ संवैधानिक इजलासले हेर्ने गरी प्रधानन्यायाधीशले तोक्नसक्ने व्यवस्था छ । संवैधानिक इजलासमा सुनुवाइपछि संसद विघटनविरुद्ध अन्तरिम आदेश दिने–नदिनेसम्बन्धी निर्णय हुनेछ ।(कर्पोरेट नेपाल)

Translate »