कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु

६९५१ जनालाई कोरोना संक्रमण पुष्टि

जेठ १४, काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ९६ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या भने ९ हजार ८४१ पुगेको छ । यो संख्या एकै दिन संक्रमणमुक्त भएकामध्ये अहिलेसम्मकै धेरै हो।

मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ ।  विगत २४ घण्टामा ६ हजार ९५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ  । उक्त अवधिमा १९ हजार ३१३  ओटा पीसीआर परीक्षण गरिएकोमा मा ६ हजार ८५५ जना र ७९७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९६ जना गरी ६ हजार ९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ पुगेको छ । हाल क्वारेन्टाइनमा ८०९ जना रहेका छन् ।

Translate »