सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि

काठमाडौं– सरकारले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीहरुको मनोबल बढाउन आगामी आर्थिक वर्षको बजेटमा साउन १ देखि लागू हुने गरी सबै तहका सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ बृद्धि गरेको घोषणा गर्नुभयो ।


गएको वर्ष तलब बृद्धि भएको थिएन । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ मा नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो ।

यसैगरी सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान तथा अधिकृतको खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि गरेको छ ।

Translate »