२०८३ असोज १३ , मंगलबार
Sky News Nepal
September 29, 2026

चालिस माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध



काठमाडौं : सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गरेका हुन्।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने भएको छ। आगामी आर्थिक वर्षमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए।

त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ।

प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार
Translate »