एमाले स्थायी कमिटी बैठक स्थगित
काठमाडौँ । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५:०० बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिए ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न आजका लागि बोलाइएको बैठक भोलि बिहान १०ः०० बजे बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस विज्ञ बजगाईले बताए ।