थप ४३६९ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जनाको मृत्यु

जेठ १६, काठमाडौं । विगत २४ घण्टामा नेपालमा ४ हजार ३६९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  विभिन्न जिल्लामा गरिएको १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३ हजार ७०२ जना र १ हजार ७८४ एन्टिजेन परीक्षणमा ६६७ जनासमेत गरी ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ रहेको छ । विगत २४ घण्टामा थप १०९ जनाको मृत्यु भएको उक्त  मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४ जना, ललितपुर जिल्लामा १७६ जना र भक्तपुर जिल्लामा ११३ जनालाई संक्रमण पुष्टि भएको हो ।

Translate »