प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

स्काई न्यूज /जेठ २०, काठमाडौं ।
नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।  पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा कांग्रेस माओवादी गठबन्धनसँग पराजित भएका थिए बस्नेत कानुन व्यवसायी समेत हुन् । यसअघि बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए । भवानी वरालको नियुक्तिको कार्यकाल सकिएपछि सरकारले बस्नेतलाई नियुक्त गरेको हो । यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।

Translate »